१४ चैत २०८१, बिहिवार

27th, March 2025, Thursday

Aaawajonline.com

अपर तामाकोसीको हकप्रद शेयरमा आवेदन दिने म्याद आज सकिँदै

२२ असोज २०८०, सोमवार आवाज संवाददाता
आवाज संवाददाता

२२ असोज २०८०, सोमवार

 अपर तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने अवधि आज सकिँदैछ। दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रबन्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई १ कित्ता सेयरबराबर एक कित्ताको हकप्रद सेयर निष्कासन गरिरहेको छ।

हालसम्म ८५ प्रतिशत आवेदन परेको कम्पनीले जनाएको छ।  यसअघि कम्पनीले असोज ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो ।