दोलखामा आफ्नै बुबा र बुहारी माथी खुकुरी प्रहार


आवाज संवाददाता
१९ असोज २०८०, शुक्रवार
दोलखाको शैलुङ गाउँपालिका–२ पुरानो गाउँका पञ्च वहादुर तामाङले आफ्नै बुबा ७५ वर्षीय रामवहादुर तामाङ र बुहारी २७ वर्षीया जेनिशा तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन।
नियन्त्रणमा लिने क्रममा पञ्चवहादुरले खुकुरीको झटारो हान्दा इलाका प्रहरी कार्यालय मागापौवाका प्रहरी जवान भुपनारायण श्रेष्ठ घाइते भएका दाेलखाका प्रहरी नायव उपरीक्षक दिपब खड्काले जानकारी दिनुभयाे । प्रहरी जवानको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरेका पञ्चवहादुरले घरायसी विवादमा बिहीबार साँझ बुबा रामवहादुरलाई खुकुरी प्रहार गरेको र उनलाई बचाउन गएकी बुहारी जेनिशालाई पनि खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय, दाेलखाले जनाएको छ । खुकुरी प्रहारवाट रामवहादुरको टाउको र कानमा गम्भीर चोट लागेको छ । उनको अवस्था गम्भीर छ । बुहारी जेनिशाको पनि टाउकोमा चोट लागेको
दोलखाका प्रहरी प्रमुख, डिएसपी खड्का बताउनुभयो ।
दुवै जनालाई बिहीबार राति नैं उपचारका लागि काठमाडौं पठाइएको र उनीहरुको जोरपाटी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले दाेलखाले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने