६ वैशाख २०८२, शनिवार

19th, April 2025, Saturday

Aaawajonline.com

मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ को मृत्यु, सयौँ घाइते

२३ भदौ २०८०, शनिवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

२३ भदौ २०८०, शनिवार

भदौ २३ – अफ्रिकी देश मोरक्कोमा एकाबिहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ अहिलेसम्म कम्तीमा २९६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सो भूकम्पमा परी कम्तीमा १५३ जना गम्भीर घाइते भएका छन् ।

भूकम्पको तीव्रता ६ दशमलव ८ रेक्टर स्केल रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्पको केन्द्र विन्दू हाइ एटलस माउन्टेन रहेको छ । निरन्तर पराकम्पन आएकाले मानिसहरु घर बाहिर आएर बसेका छन् ।

भूकम्पका कारण थुप्रै भवन ढलेका छन् । ती भवनमा पुरिएर धेरेको ज्यान गएको हो । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार १२० वर्षमा पहिलो पटक उक्त क्षेत्रमा यतिठूलो भूकम्प आएको हो ।

यसको तीव्रता अमेरिकी जियालोजिकल सर्वेका अनुसार ७।२ स्केल रहेको बताइएको छ । अहिलेसम्म यति नै भन्ने निश्चित भएको छैन ।

उत्तर अफ्रिकामा भूकम्प दुर्लभ मानिन्छ । यसअघि सन् १९६० मा अगादिर नजिक ५।८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यतिबेला हजारौँको मृत्यु भएको थियो ।