आईसीसी महिला टी २०
आईसीसी महिला टी २० छनोट : नेपाललाई थाइल्यान्डले दियो १०६ रनको लक्ष्य


आवाज संवाददाता
२२ भदौ २०८०, शुक्रवार
काठमाडौं । आईसीसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा थाइल्यान्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ । बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको हो ।
नेपालले ११ ओभरमा ४ विकेट गुमाएर २८ रन जोडेको छ । समूह चरणमा मलेसियालाई पाँच रनले पराजित गरेको नेपालले विश्वकप खेलिसकेको थाइल्यान्डविरुद्ध नेपाल कमजोर स्थितिमा देखिएको छ । सेमिफाइनल जित्ने टोली विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् ।
नेपालले बहराइनलाई दश विकेटले हराएको थियो । यस्तै भुटानलाई तीन र कतारलाई नौ विकेटले पराजित गर्यो । यूएई विरुद्धको खेल भने वर्षका कारण रद्द भयो ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने