पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
आवाज संवाददाता
२१ भदौ २०८०, बिहिवार
साउन ५– चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’ भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले पोस्टर सार्वजनिक गरेको छ ।
पोस्टर चलचित्रका धेरै कलाकार अटाएका छन् । चलचित्रको पोष्टर सार्वजनिकसँगै प्रचार प्रसारको कार्य पनि अघि बढेको निर्माता आभा शर्माले बताइन्।
चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय छ। एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले बताए ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए ।
विवेक खड्काको छायांकन,अन्जय खड्काको सम्पादन रहेको चलचित्रको वितरण जिम्मा डिसीएनले लिएको छ ।
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने