१४ चैत २०८१, बिहिवार

27th, March 2025, Thursday

Aaawajonline.com

पानीपोखरी एककृत वस्तिका स्थानीयलाई लालपूर्जा वितरण

१८ भदौ २०८०, सोमवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

१८ भदौ २०८०, सोमवार

भीमेश्वर नगरपालिका वडा नम्बर एक मा निर्माण भएको पानीपोखरी एकिकृत वस्तिका स्थानीयहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । मंगलवार एक कार्यक्रमका आयोजना गरी जग्गाधनी पूर्जा वितरण गरिएको हो ।
जग्गाधनी पूर्जा वितरण समारोहमा एकिकृत वस्तिका स्थानीयलाई भीमेश्वर नगरका मेयर ईश्वरनारायण मानन्धरले जग्गाधनी पूर्जा वितरण गर्नुभयो । कुल ६५ घरलाई जग्गाधनी पूर्जा दिने निणर्य भएको मा ५२ जानलाई मेयरले पूर्जा वितरण गर्नु भएको तथा बाँकीले फोटो खिचेपछि पूर्जा उपलब्ध हुने बताईएको छ । जग्गाधनी पूर्जा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मेयर मानन्धरले एकिकृत वस्तिमा खानेपानीको समस्या भएको गुनासो आएकोमा त्यस्को समाधान गरिदिने बताउनुभयो । साथै एकिकृत वस्ती सुनसान नपारी रोजगार मूलक काममा संलग्न हुन उहाँले आग्रह गर्नु भयो । सोही समारोहमा मालपोत कार्यालय दोलखाका प्रतिनिधि लेखनाथ चौलागाईंले सो वस्तिका घर धनीहरुका श्रीमान श्रीमतीकै नामामा संयुक्त जग्गाधनी पूर्जा निर्माण गरिएको तथा दश वर्ष सम्म विक्री वितरण गर्न नपाईने जनानकारी दिनुभयो ।
आम विनासकारी भुकम्प २०७२ मा वडा नम्बर एकको बोसिम्पा गाउँ तथा चानपुजेका स्थानीयहरुको घर भत्किई जग्गासमेत चिरा-चिरा परेपछि भूगर्भ विदले ति ठाउँहरु बस्न अयोग्य भनेपछी स्थानीय पानिपोखरी चौरमा स्थानीयलाई एकिकृत वस्ति निर्माण गर्ने पूनर्निर्माण प्राधिकरणले निणर्य गरेको थियो । आवश्यक भौतिक पूर्वाधारको विकास गरेपछि सो ठाउँमा भवनहरु बनाईएको थियो ।
२०७६ सालमा एकिकृत वस्ति निर्माणकालागि जग्गा उपलब्ध गराउने तथा स्थानीयलाई लालपूर्जा उपलब्ध गराउने निणर्य गरिएको थियो । आफूहरुले लालपूर्जा पाएपछि बल्ल घर आफ्नै भए जस्तो लागेको एकिकृत वस्तिकी ७६ वर्षीय बुधमाया थामीले बताउनुभयो । पानीको समस्या भएको गुनासो गर्दै उहाँले आफूहरुको वसाई सहज बनाउन नगरले पानीको ब्यवस्था मिलाई दिन आग्रह गर्नु भयो । एकै आकार प्रकारका ५६ वटा तीनकोठे भवन एकिकृत वस्तिमा निर्माण गरिएको छ । यसैगरी सार्वजनिक हल तथा खुल्लाक्षेत्र सहित सो वस्तिमा निर्माण गरिएको छ । जिल्लामा भुकम्प पछिको पूनर्निमाणका क्रममा .भीमेवर नगरपालिका वडा नम्बर एक र वडा नम्बर चारमा एकिकृत नमुना वस्तिको निर्माण गरिएको थियो । सो मध्ये वडा नम्बर एकमा जग्गाधनी पूर्जा वितरण गरिएको छ भने वडा नम्बर चारको जिलु एकिकृत वस्तीको भने हाल सम्म पूर्जा वितरण हुन सकेको छैन । जिलु एकिकृत वस्तिको पनि पूर्जा निर्माण प्रकृयामा रहेको जिल्ला मालपोत कार्यालय दोलखाले बताएको छ ।