६ वैशाख २०८२, शनिवार

19th, April 2025, Saturday

Aaawajonline.com

सुख्खा पहिरो खस्दा अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु

२७ असोज २०८१, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

२७ असोज २०८१, आइतवार

२७ असोज, काठमाडौं। सुख्खा पहिरो जाँदा अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ। काभ्रेको पाँचखाल नगरपालिकास्थित ५० किलोमा गएराति सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक विभाग, स्थानीय तहको समन्वयमा जेसिबीले पहिरो पन्छाएर एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको छ। राजमार्ग अवरूद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका यात्रुहरू समस्यामा परेका थिए।