६ वैशाख २०८२, शनिवार

19th, April 2025, Saturday

Aaawajonline.com

सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

२७ असोज २०८१, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

२७ असोज २०८१, आइतवार

२७ असोज, काठमाडौं। सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि दशैंका बेला ओहोरदोहोर गर्ने यात्रुहरु समस्यामा परेका छन्।

अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर–८, बन्देउमा र पाँचखाल नगरपालिका–४ फेदीमा सुख्खा पहिरोले बाटो दुईतर्फी नै बन्द भएको छ। 

काभ्रेको पाँचखाल नगरपालिका–८ मा गएराति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ।

राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधनहरुको लामो लाइन लागेको छ।