६ वैशाख २०८२, शनिवार

19th, April 2025, Saturday

Aaawajonline.com

आजबाट सेयर बजारमा नयाँ टीएमएस सञ्चालनमा

२० असोज २०८१, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

२० असोज २०८१, आइतवार

काठमाडौं । सेयरको दोस्रो बजार कारोबारमा नयाँ कारोबार व्यवस्थापन प्रणाली टीएमएस सञ्चालनमा आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेको सञ्चालनमा रहेको टीएमएसको विकल्पस्वरुप ब्रोकर कम्पनी आफैँले यो सिस्टम सञ्चालनमा ल्याएको हो । सेक्योर्ड सेक्युरिटिज ब्रोकर नम्बर ३६ ले आजदेखि उक्त प्रणालीको सुरुवात गर्न लागेको हो । 

नयाँ कारोबार व्यवस्थापन प्रणाली सञ्चालन गर्न साउनमै स्वीकृति पाएको उक्त सेक्युरिटिजले प्राविधिक परीक्षण लगायतका सबै प्रक्रिया पूरा गरेपछि आइतबारदेखि नयाँ प्रणाली सञ्चालनमा ल्याउन लागेको हो। 

उक्त कम्पनीमार्फत ब्रोकर खाता सञ्चालन गरी कारोबार गर्दै आएका लगानीकर्ताले आजदेखि नयाँ युजरनेम र पासवर्ड प्रयोग गरेर कारोबार गर्न सकिनेछ। यसका लागि कुनै थप शुल्क नलाग्ने छैन। 

यसले ग्राहकलाई कारोबारमा थप सहजता हुने अपेक्षा गरिएको छ।