४ साउन २०८१, शुक्रवार

19th, July 2024, Friday

Aaawajonline.com

मुकुल ढकाल महामन्त्री र केन्द्रीय सदस्यबाट बर्खास्त

ढकाल भन्छन् : रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ

२५ असार २०८१, मङ्गलवार आवाज संवाददाता
आवाज संवाददाता

२५ असार २०८१, मङ्गलवार

काठमाडौँ, असार २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ। मङ्गलबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

पार्टीको अनुशासन आयोगले भने पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सुझाव दिएको थियो । केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।  उनले केन्द्रीय सदस्यको पद पनि गुमाएका छन् । रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट हटाएपनि साधारण सदस्यता भने कायमै राखेको छ ।

 

यता ढकालले सामाजिक सञ्जालमा  'रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ...।' भनी लेखेका छन्।  मुकुलले रास्वपामै रहने संकेत गरेका छन् । 

सम्बन्धित समाचार

East West Fast Food