२२ असोज २०८१, मङ्गलवार

8th, October 2024, Tuesday

Aaawajonline.com

सप्तकोशीमा पानीको बहाव बढ्दाे ५६ वटै ढोका खोलियो

२३ असार २०८१, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

२३ असार २०८१, आइतवार

चरिकोट । सप्तकोशी नदीपानीमा बहाव बढे पछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् ।

आज बिहान ६ बजे मापन गरिएको अनुसार कोशी ब्यारेजमा पानीको बहाव तीन लाख १६ हजार आठ सय क्युसेक पुगेको थियो। पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन्।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ।

पानीको बहाव एक लाख ५० हजार कट्दा पश्चिमतर्फ र दुई लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ । पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ । 

 पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो ।  आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा  ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।