४ साउन २०८१, शुक्रवार

19th, July 2024, Friday

Aaawajonline.com

सप्तकोशीमा पानीको बहाव बढ्दाे ४१ वटा ढोका खोलियो

२३ असार २०८१, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

२३ असार २०८१, आइतवार

चरिकोट । सप्तकोशी नदीपानीमा बहाव बढे पछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन् ।

आज बिहान ६ बजे मापन गरिएको अनुसार कोशी ब्यारेजमा पानीको बहाव तीन लाख १६ हजार आठ सय क्युसेक पुगेको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढे पछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएको हो ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ ।

पानीको बहाव एक लाख ५० हजार कट्दा पश्चिमतर्फ र दुई लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ । पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ ।