४ साउन २०८१, शुक्रवार

19th, July 2024, Friday

Aaawajonline.com

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

संसद सचिवालयलाई पत्र पठाइयो

२१ असार २०८१, शुक्रवार आवाज संवाददाता
आवाज संवाददाता

२१ असार २०८१, शुक्रवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

शुक्रबार संसद सचिवालयमा पत्र पठाउँदै प्रधानमन्त्री दाहालले असार २८ गतेको कार्यसूचीमा विश्वासको मत लिने कार्यक्रम राख्न आग्रह गरेका हुन् ।

कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर प्रधानमन्त्री दाहालले भने संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका हुन् ।

एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।