एमाले प्रतिपक्षमा बस्ने विषयमा संसद् सचिवालयमा जानकारी
आवाज संवाददाता
२१ असार २०८१, शुक्रवार
काठमाडौं । नेकपा एमालेले संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।
आज एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारलाई दिएको समर्थन गत असार १९ गते फिर्ता गरिएको संसद सचिवालयलाई जानकारी गराउँदै एमाले अब संसदमा प्रतिपक्षमा बस्ने बताएका छन् ।
सचिवालयलाई दिएको पत्रमा बर्तौलाले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ । सोको जानकारी सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा एमाले संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ ।’
असार २३ गते बोलाइएको प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको हो ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने