४ साउन २०८२, शनिवार

19th, July 2025, Saturday

Aaawajonline.com

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

१७ असार २०८१, सोमवार आवाज संवाददाता
आवाज संवाददाता

१७ असार २०८१, सोमवार

 सोमबार सुनको मूल्य सामान्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो। 

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको मूल्यमा तोलामा १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय चाँदीको मूल्य भने केही दिनदेखि स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पछिल्लो ३ दिनदेखि एउटै मूल्यमा कारोबार भइरहेको छ।