१४ चैत २०८१, बिहिवार

27th, March 2025, Thursday

Aaawajonline.com

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ पारित

१६ असार २०८१, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

१६ असार २०८१, आइतवार

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ ।

 

आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।

 

यो विधेयकमा पाँच वटा संशोधन प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसकी सांसद् आरजु राणा, दिलेन्द्रप्रसाद बडू, डा.प्रकाशशरण महत र श्यामकुमार घिमिरेले संयुक्त रुपमा संशोधन राखेका थिए ।

 

नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले पनि संशोधन प्रस्ताव राखेका थिए ।