४ साउन २०८१, शुक्रवार

19th, July 2024, Friday

Aaawajonline.com

फ्रान्स र पोल्याण्डले खेले बराबरी

१२ असार २०८१, बुधवार आवाज संवाददाता
आवाज संवाददाता

१२ असार २०८१, बुधवार

काठमाडौं । युरोकप फुटबलको समूह डीमा रहेका फ्रान्स र पोल्याण्डले बराबरी खेलेका छन् । गएराति भएको समूह चरणको अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

 

फ्रान्सका लागि केलियन एम्बाप्पेले एक गोल गरेका थिए । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए । दुवैतर्फबाट थप गोल नहुँदा खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

 

यो समूहबाट अष्ट्रिया विजेता र फ्रान्स उपविजेताका रुपमा अन्तिम १६ मा पुग्दा ४ अंक भएको नेदरल्याण्ड्सको सम्भावना पनि बलियो छ । पोल्याण्ड भने बाहिरिसकेको छ ।

सम्बन्धित समाचार

East West Fast Food