दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
नवराज शिवाकोटी
१२ पुष २०८०, बिहिवार
चरिकोटः बृहत दोलखा महोत्सवको तयारी पूरा भएको छ । पुष १३ गतेबाट सुरुहुने महोत्सवको तयारी पूरा भएको हो ।
“दोलखा महोत्सवको दिब्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टी” नारासहित पुष १३ गते बाट सुरु हुन लागेको दश दिने बृहत दोलखा महोत्सवको उदघाटनको दिन आउनै लाग्दा दोलखा महोत्सवको तयारी पूरा भएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको तयारी स्वरुप चरिकोट बजार सजावटको काम सकिएको तथा महोत्सव आयोजना स्थल भिमेश्वर रंगशालामा मुख्य गेट निर्माण तथा स्टल निर्माण को काम सम्पन्नभई मनोरञ्जनात्मक खेलका पूर्वाधारहरुको निर्माण पूरा हुने क्रममा रहको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
महोत्सवको तयारी अन्तर्गत जिल्लाका नौ वटै स्थानीयतहहरु एवं अन्य सरोकारवालाहरुसँग परामर्श बैठकहरु, विभिन्न जिम्मेवारी बाँडफाँड लगायतका कामहरु समेत सम्पन्न भइसकेको दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेस उपे्रतिले जानकारी दिनुभयो । महोत्सवको अवलोकन पचास हजार भन्दा बढीले गर्ने दोलखा उद्योगवाणिज्य संघको विश्वास रहेको महाचिव उप्रेतिको भनाई रहेको छ ।
महोत्सवकालागि १५० स्टल तयार गरिएकोमा सबै स्टलहरु बुक भइसकेको आयोजक दोलखा उद्योगवाणिज्य संघका सचिव प्रविण श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव पुष १३ गते देखि पुष २२ सम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नु हुने दोलखा उद्योग वाणिज्य संघले बताएको छ । महोत्सवमा स्थानीय उत्पादनको विक्री, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिनुकासाथै विभिन्न मनोरञ्जनात्मक खेलहरु सञ्चालन गरिने सचिव श्रेष्ठको भनाई रहेको छ । महोत्सवले दोलखाको आर्थिक कृयाकलापमा बृद्धी गर्न मद्दत गर्ने दोलखा उद्योग वाणिज्य संघको विश्वास रहेको छ
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने