१४ चैत २०८१, बिहिवार

27th, March 2025, Thursday

Aaawajonline.com

निःशुल्क स्वास्थ्य सिविर सम्पन्न

२३ कार्तिक २०८०, बिहिवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

२३ कार्तिक २०८०, बिहिवार

चरिकोटः दोलखाको उत्तरी क्षेत्र सिंगटी बजारमा एक दिने निःशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ । नेपाल प्रहरी  श्रीमत संघ, काठमाडौको आयोजनामा बुधवार  सिविर सम्पन्न भएको हो । 
नेपाल प्रहरी अस्पताल महाराजगंज तथा च्छोरोल्पा जनरल अस्पतालको प्राविधिक सहयोगमा विगु गाउँपालिकाको सिंगटी स्थित भैरवेश्वर मन्दिर प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन विगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओलीको अध्यक्षता तथा नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष श्री लक्ष्मी कुँवर को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  निःशुल्क स्वास्थ्य शिविरमा भीमेश्वर नगरपालिका, विगु गाउँपालिका तथा गौरिशंकर गाउँपालिकाका तीनसय भन्दा बढीले सेवा लिएको  आयोजकको भनाई रहेको छ ।